१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

माथिल्लो तामाकोसीबाट सोमबारदेखि विद्युत उत्पादन , यस्तो छ तालिका



स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम धमाधम भइरहेका छन् ।

७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश:  विद्युत उत्पादन हुनेछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष  हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारबाटदेखि विद्युत उत्पादनको तालिका तय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !