६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

रक्सी खाएर वार्ता गर्न पुगेका वीपीका उपकुलपतिसहित ५ जनालाई कार्यकक्षमै थुनियो



काठमाडौं : मादक पदार्थ सेवन गरेर वार्तामा बसेको भन्दै संयुक्त संघर्ष समितिमा आबद्ध चिकित्सक, नर्स र कर्मचारीहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरिलाई उनकै कार्यकक्षमा थुनिदिएका छन् । प्रतिष्ठानमा बढ्दो बेथिति विरुद्ध आन्दोलित संयुक्त संघर्ष समिति र धरान नागरिक दबाब सञ्जालका पदाधिकारीसँग मंगलबार दिउँसो पालैपालो वार्ता गर्ने भनिएको थियो । तर उपकुलपति परिसरकै वार्तास्थलमा प्रवेश गर्नासाथ रक्सीको गन्ध आएको र उपकुलपति गिरिको बोली लरबरिएर बुझ्नै नसकिने भएपछि आफूहरुले वार्तास्थल छाडेर बाहिरिएको चिकित्सक तथा दन्तचिकित्सक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले बताए ।

आक्रोसित आन्दोलनकारीहरुले वार्तास्थलमा रहेका उपकुलपति गिरिसहित शिक्षाध्यक्ष, रजिष्ट्रार लगायत ५ जनालाई थुनेका थिए । वार्तास्थलमा रहेका एक पदाधिकारीले पनि उपकुलपतिले दिउँसै मादक पदार्थ सेवन गरेर वार्तास्थलमा बसेपछि स्थिति भाँडिएको पुष्टि गरे । वार्तास्थल प्रवेश गरेर बाहिरिएका धरान १८ का वडाध्यक्ष प्रविण राई पनि उपकुलपति गिरि मातेरै बोलेको र रक्सी गन्हाएको बताए । उनले भने, ‘आफ्नो वडाभित्र प्रतिष्ठान परेकाले म पनि दिउँसो वार्तास्थलमा पुगेका थिएँ । तर उपकुलपति नै मातेर बोलेको देखेपछि वैराग चलेर बाहिरिएँ ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय