Sunday, March 16, 2025

ट्रेन्डिङ :

माओवादीलाई धक्का, दुई मेयरलाई निर्वाचन आयोग र माओवादीले गरेको कारबाही सर्वोच्चले उल्टायो

spot_img
spot_img

ठमाडौं सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भइ दल त्याग गरेर नेकपा (एमाले) मा प्रवेश गरेका दुई मेयरलाई तत्कालका लागि काममा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । निर्वाचित भएको दल माओवादी त्याग गरी एमाले प्रवेश गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिनका लागि भन्दै सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार साह र कुशवाहाको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । निवेदनका सम्बन्धमा देखिएको विवादको गम्भीर कानुनी व्याख्या गर्नुपर्ने, निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको तथा अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएको भन्दै उनीहरूलाई मेयरका रूपमा काम गर्नबाट रोक नलगाउन अन्तरिम आदेशमा भनिएको छ ।

माओवादीको वैशाख १३ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयको आधारमा निर्वाचन आयोगले असार ९ गते साह र कुशवाहलगायत जनप्रतिनिधिलाई दल त्याग सम्बन्धी कानुन अनुसार पदमुक्त भएको निर्णय गरेको थियो । पदमुक्त भएको जानकारी आयोगले उनीहरूलाई असार ११ गते दिएको थियो । सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म माओवादीले गरेको निर्णय, निर्वाचन आयोगको निर्णय र पत्राचार कार्यान्वयन नगर्न भनेको छ । साथै, दल त्याग गरेको अवस्थामा भने निर्वाचित जनप्रतिनिधि स्वतः पदमुक्त हुने अन्तरिम आदेशमा उल्लेख छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?