
कोभिड-१९ तेस्रो लहर सुरु भएसँगै टर्की सरकारले नेपाल सहित सात मुलुकका नागरिक आगमनमा प्रतिवन्ध लगाएको छ।
सीधा उडानमार्फत नेपाल, बंगलादेश, ब्राजिल, दक्षिण अफ्रिका, भारत, श्रीलंका लगायत सात मुलुकका नागरिकलाई टर्कीले आगमनमा प्रतिवन्ध लगाएको हो।
आगमनमा प्रतिवन्ध लगाइएपनि टर्कीस एयरलाइन्सको नियमित उडानमार्फत इस्तानबुल ट्रान्जिट हुँदै युरोप, अमेरिका लगायतका मुलकमा जान सकिने नेपाल स्थित टर्किस एयरलाइस कार्यालयकी बजार प्रमुख अर्चना श्रेष्ठले बताइन्।
‘सात मुलुकका नागरिकलाई टर्की जान प्रतिवन्ध लगाइएको छ। तर यी मुलुकबाट युरोप, अमेरिका जाने यात्रुले इस्तानबुल ट्रान्जिट हुँदै उडान सेवा लिन सक्नेछन्,’ उनले भनिन्।
नेपाल सरकारले अन्तर्राष्ट्रिय तर्फको नियमित उडान खुला गरेसँगै टर्कीसले साताको मंगलबार, विहीबार र शनिबार गरी तीन उडान गर्दै आएको छ।