१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पार्टीलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण निर्णय गर्ने गरी एमाले आयोजक कमिटीको अन्तिम बैठक आज बस्दै



काठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकले पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

सर्वोच्च अदालतको फागुन ३३ को फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरि अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियोे ।

माधव नेपाल पक्ष भने यी प्रक्रियासँग असहमत रहेर समानान्तर पार्टीको अभ्यास गरिरहेको छ ।

एमाले एकताको लागि २०७५ जेठ २ को अवस्थाबाट पार्टी सञ्चालन हुनुपर्ने नेपाल पक्षको माग र सर्वोच्चले आयोजक कमिटीका कारबाहीलाई मान्यता नदिएपछि एमालेले आज अन्तिम बैठकबाट केही निर्णय गर्दै यो कमिटीलाई केन्द्रिय कमिटीमा रुपान्तरण गर्ने भएको छ ।

केन्द्रीय कमिटी बैठक शुक्रबार बस्नेछ जुन बैठकमा माधवकुमार नेपाल समूहलाई जेठ २ कै पदाधिकारी हैसियतले सहभागी गराइने भएको छ । मंगलबार साझको स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय