८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

साँफे–मार्तडी अवरुद्ध सडक खण्ड आजबाट सुचारु हुँदैँ



बाजुरा । एक महिनादेखि अविरल वर्षाका कारण पहिरो गएपछि अवरुद्ध साँफे–मार्तडी लोकमार्ग आजबाट पुनः सुचारु हुँदैछ । गत जेठको २३ गते देखि आएको अविरल वर्षात्ले बाजुर्गाडदेखि मार्तडी सम्मको सडक खण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन साँफेबगर अछामलाई पत्र पठाएको थियो । जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रहमा साँफे सडक डिभिजन अछामले तत्काल बार्जुगाडदेखि बल्दे अम्कोट हुँदै मार्तडी सम्म काम सुचारु गरेपछि आजबाट सडक सञ्चालनमा आउने भएको हो ।

लामो समयसम्म सडक सवारी साधान मार्तडीमा नपुग्दा जिल्लाका व्यापारीहरुलाई समान ढुवानी गर्नुका साथै यात्रुलाई आवतजावतमा समस्या भएको थियो । व्यापारीहरुलाई सामान ठुवानी गर्न असहजता भएपछि उपभोक्ताले पनि चुर्को मूल्यमा दैनिक उपभोग्यका सामान खरिद गर्दा महँगीको मार खेप्नु परेको थियो ।

जिल्लाको सडक अवस्था बुझन् जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा गएको जिल्लास्थित सरोकारवालाको टोलीले सडकको अनुगमन गरेको छ ।

सडक सुचारु गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आए पनि अविरल वर्षाका कारण सडकको तलमाथि दुबैतिरबाट पहिरो लाग्न नरोकिएपछि सडक अवरुद्ध हुँदै गएको अनुगमन टोलीको बुझाइ रहेको छ । यतिबेला लामो समय डोजरको निरन्तरताले सदरमुकाम मार्तडीसम्म साना सवारी साधान जीप र ट्रयाक्टर सुचारु हुने भएका छन् ।

ठूला सवारी साधन बस,ट्रकहरु अँझै सुचारु हुन सक्ने अवस्थामा छैनन् । गत जेठ २३ गते आएको अविरल वर्षाका कारण साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने बल्दे अम्कोटमा पहिरो गएपछि लामो दुरीको सवारी साधान बल्देमै थन्किदै आएका छन् । बुढीगङ्गा नगरपालिको अम्कोट बल्देमा भीषण पहिरो लागेकोले छोटा दूरीका सवारी साधन ट्रयाक्टर तथा जीप मार्तडी सम्म सुचारु भएतापनि काठमाण्डौ ,नेपालगञ्ज धनगढी महेन्द्रनगरबाट आउने लामो दूरीका सवारी साधन भने अँझै सुचारु हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाकुमार अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, साना सवारी साधन सुचारु गर्न सडक खुलाउने काम गरेपनि वर्खाको समयमा जमिनको भर नभएकोले सडकको अवस्था पनि भरपर्दो नभएकाले ठूला सवारी साधन सुचारु गर्न अनुमति दिएको छैन । आजै जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाका सुरक्षा निकायलाई विपत उद्धार सामाग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा आएको सरोकारवालाको टोली सडकको अवस्था बारे अनुगमन गर्दै । तस्बिर: शेरबहादुर सार्की,बाजुरा- गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस !