८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अमेरिकाले नेपाललाई भन्यो-एक बर्ष अघि कोरोना खोपको आश नगर्नु



काठमाडौं । अमेरिकी खोप उत्पादक कम्पनीले तत्काल कोरोना खोप आपूर्ति हुन्छ भनेर आश नगर्ने भनेको छ । वासिङ्टनस्थित नेपाली नियोगले विज्ञप्ति जारी गर्दै तीन अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन, मोर्डना र नोभाभ्याक्सले खोपको आश नगर्न भनेको छ । यसअघि नेपालले जोन्सन एन्ड जोन्सनबाट ५० लाख डोज, मोर्डनाबाट २० लाख डोज खोप खरिदका लागि ती खोप कम्पनीलाई अनुरोध गरेको थियो । खोप खरिद विषयमा जोन्सन एन्ड जोन्सन र नेपालको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल संवाद पनि भएको थियो ।

उक्त वार्तामा जोन्सन एन्ड जोन्सनका प्रतिनिधिले नेपाललाई सन् २०२२ अगाडि खोप आपूर्ति गर्ने सम्भावना न्यून रहेको जवाफ दिएको थियो । तर, हाल आएर आफूहरुले उक्त समयभित्र खोप आपूर्ति गर्न नसक्ने जवाफ दिएको छ । यसैगरी अमेरिकी खोप मोर्डनाले पनि नेपाललाई तत्काल खोप पठाउन नसक्ने जनाएको छ । विश्व्यापी रुपमा खोप आपूर्ति प्रभावित भएकाले अर्को २०२२ सम्म खोप निर्यात गर्न नसकिने मोर्डनाले जनाएको छ । यसैगरी नोभाभ्याक्सले पनि तत्कालका लागि खोप निर्यातका लागि आफूहरु असमर्थ रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !