१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

मन्त्रिपरिषद बैठक ; गर्‍यो यति धेरै नियुक्ति



काम चलाउ सरकारले धमाधम आसेपासेहरुलाई नियुक्ति दिएको छ । मन्त्रिपरिषद्को गत  ्जेठ ३१,असार ७,असार १० र असार १४ मा बसेको बैठकले विभिन्न ३३ निर्णय गर्दा अधिकांश राज्यका विभिन्न निकायहरूका विभिन्न पदमा नियुक्तिसम्बन्धि निर्णय गरेको छ ।जसअध्ये,राष्ट्रिय योजना आयोगको सदस्य पदमा बाजुराका राजबहादुर गिरीलाई नियुक्ति गरिएको छ ।यस्तै,राष्ट्रिय बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठकलाई दोह्रोर्याउने,मदन मण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य पदमा प्रा डा मनराज कोलाक्षपति, डा पदम बहादुर शाही र डा अनिल पोखरेललाई नियुक्त पाएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिवमा स्याङ्जाका श्री जीवनारायण काफ्लेलाई नियुक्ति दिइएको छ ।राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा सिद्धराज राई,सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पाँचथरका भीमकुमार ओझा र सदस्यमा महेन्द्र बहादुर गुरुङ्गलार्य नियक्ति दिइएको छ ।नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा अर्जुन कार्की, सदस्यमा डा अमिना सिंह, डा असीम ढकाल, प्रा डा विपिनचन्द्र अधिकारी, बिरेश शाह, डा।,दोभान राई, डा संगिता कौशल मिश्र, डा सूर्यराज आचार्य, डा उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणाले नियुक्ति भेटेका छन् ।यस्तै,नेपाल इन्जिनियरिङ्ग परिषद्को रजिष्ट्रार पदमा ई श्री शिव मंगल गिरी र विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य पदमा खड्गबहादुर राई र वाङछेदर लामालाई नियुक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय