काठमाडै । म्याग्दीको मंगला गाउँपालिका १, पुर्णगाउँतर्फ जाँदै गरेको जीप बुधबार दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बुधबार साँझ मंगला गाउँपालिका वडा नं। २ सिमलचौरदेखि वडा नम्बर १ पुर्ण गाउँ जाने क्रममा वडा नम्बर २ को मिथौमा ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना भएको हो । त्यस क्रममा मंगला( १ का १३ वर्षीय विमल विक र बेनी नगरपालिका( ५ की २० वर्षीया सबिना भण्डारीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए ।जीपमा ८ जना सवार थिए । तीमध्ये ६ जना घाइते भएका हुन् । जसमा वर्ष २५ का सुजन आचार्य, वर्ष २६ की एन्जिला भण्डारी, वर्ष २३ का चालक अनिल रसाइली, वर्ष ८की एडीना नेपाली, वर्ष ३५ की गीता खत्री र वर्ष ३५ की अमृता राम्जाली घाइते भएका छन् ।
सूचना अधिकारी गुरुङका अनुसार घाइते सबै मंगला गाउँपालिका( १ का हुन् । जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो । घाइते सबैको बेनी अस्पतालमा उपचार भइरहेको छ । रातको समय भएकोले दुर्घटनाको कारण खुल्न सकेको छैन ।टाउकोमा चोट लागेका चालक रसाइलीको स्वास्थ अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते आचार्यको निधारमा चोट, अमृताको टाउको र घुँडामा तथा एन्जिलाको ओठ र घुँडामा सामान्य चोट लागेको छ । त्यस्तै एडिनाको बाया आँखाको साईडमा सामान्य चोट लागेको छ भने गीतालाई बाहिरी चोट लागेको छैन ।