काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । क्रियाशील सदस्यताका विषयमा छलफल गर्न बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।कांग्रेस सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद समाधानका लागि नयाँ मापदण्ड बनाउने प्रयोजनका लागि बैठक बोलाइएको बताइएको छ ।
बैठकमा शीर्षस्थ नेताले क्रियाशील छानविन समितिका सदस्यसँग छलफल गर्न लागेको हो । महाधिवेशनको कार्यतालिका अनुसार असार मसान्तसम्म क्रियाशील सदस्यता टुंग्याउनुपर्ने भएपनि मापदण्ड नहुँदा छानविन समितिले निर्णय लिन सकेको छैन ।
क्रियाशील सदस्यताको कामले गति नलिँदा बारम्बार सर्दै आएको कांग्रेस महाधिवेशन पछिल्लो समय भदौ १६ गतेका लागि तय गरिएको छ ।महाधिवेशन गर्नुपर्ने बाध्यकारी अवस्था आएकाले पनि नेताहरु क्रियाशील टुंग्याउन तातेको देखिन्छ ।