६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

एक डीआइजीका लागि नेपाल प्रहरीमा १३ एसएसपीको दौडधुप



काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको एकजना नायव महानिरीक्षक (डीआइजी)का लागि १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को दौडधुप सुरु भएको छ ।

डीआइजी बढुवाका लागि प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीका ब्याजीसमेत चार जना प्रतिस्पर्धामा छन् । एसएसपी शौरभ राणा, राजेन्द्र चौधरी, प्रदीपकुमार श्रेष्ठ र शेखर कोइराला आइजीपी थापाका व्याजी हुन् । उनीहरु २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरी प्रवेश गरेका हुन् ।

उनीहरुमध्ये राणा २०७४ वैशाख १९ गते एसएसपीमा बढुवा भएका थिए भने चौधरी र श्रेष्ठ २०७५ जेठ ३ गते एसएसपीमा बढुवा भएका हुन् । त्यस्तै, कोइराला २०७५ जेठ ३ गते सेवा प्रवेश गरेका हुन् ।

उनीहरुका साथै, डीआइजीका लागि प्रतिस्पर्धामा सुशीलकुमार यादव, हरिराज वाग्ले, पुजा सिंह, विक्रमबहादुर चन्द, नल प्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री, मसाउद आलम खाँ छन् । उनीहरु २०४९ फागुन ११ गते सेवा प्रवेश गरेका हुन् ।

त्यस्तै, सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भिमप्रसाद ढकाल पनि डीआइजीका लागि प्रतिस्पर्धामा छन् ।

यिनीहरुमध्ये दिपक थापा, टेकबहादुर तामाङ र भिमप्रसाद ढकाल २०५२ भदौ १९ प्रहरी सेवा गरेका हुन् भने सन्दीप भण्डारी र टेकप्रसाद राईहरु २०५१ चैत ५ गते सेवा प्रवेश गरेका हुन् । यिनीहरु एकैपटक एसएसपीमा बढुवा पाएका थिए । उनीहरुको बढुवा २०७५ चैत ६ गते भएको थियो ।

हाल एकजना मात्र डीआइजीको दरवन्दी रहेपनि केही नयाँ दरवन्दी थपेर समेत आफूहरु बढुवा हुने दाउमा एसएसपीहरु लागेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय