Sunday, March 16, 2025

ट्रेन्डिङ :

राष्ट्रपति भण्डारीले गरिन् राष्ट्रियसभालाई सम्बोधन गर्ने इच्छा

spot_img
spot_img

काठमाडौँ– प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले अनपेक्षित रुपमा राष्ट्रियसभामा सम्बोधनको इच्छा व्यक्त गरेकी छन्।राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार दिउँसो ४ बजेदेखि सुरु हुँदैछ। राष्ट्रियसभाको यो अधिवेशनको सुरुतिर राष्ट्रपतिले सम्बोधनको इच्छा व्यक्त गरेकी हुन्।

आउँदो आइतबार वा सोमबार राष्ट्रियसभाको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन्।राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न चाहेको जानकारी गराएका हुन्।

सदनको संयुक्त अधिवेशन आह्वान गर्ने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबाहेक अरूबेला राष्ट्रपतिले संसदमा यसरी उपस्थित हुने परम्परा नरहेको संसद सचिवालयका कर्मचारीहरुको भनाई छ।तर संविधानको धारा ९५ को उपधारा १ मा चाहेको अवस्थामा राष्ट्रपतिले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?