१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

साउनदेखि क्युआर कोड सहितको परिक्षणकालीन लाइसेन्स, पाँचपटक कारबाहीमा परे शुरूदेखि परीक्षा दिनुपर्ने



यातायात व्यवस्था विभागले आगामी साउनदेखि ट्रायल पास गरेकै दिन परिक्षणकालीन लाइसेन्स वितरण गर्ने भएको छ ।

त्यस्तै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनु पर्ने पनि व्यवस्था गरेको छ । जस अनुसार नै ऐन बनेको ३० बर्ष पनि यो व्यवस्था लागू हुने भएको हो ।

स्मार्ट लाइसेन्स छपाइका लागी कार्ड सकिएपछि त्यसको विकल्पमा अस्थाई लाइसेन्स दिइने भएको हो ।

विभागले जेठबाटै लागू गर्ने भनेपनि कोरोना भाइरसको दोस्रो लहरका कारण देशव्यापी निषेधाज्ञ भएपछि प्रक्रिया पछि धकेलिएको थियो ।

स्मार्ट लाइसेन्सको विकल्पमा दिन लागिएको यो परिक्षणकालीन लाइसेन्सको अवधि १ बर्षको हुने छ । यदि परिक्षणकालिन लाइसेन्स लिएर एक बर्षको अवधिमा पाँचपटकसम्म कारबाहीमा परे पुनः शुरूदेखि परीक्षा दिनुपर्ने विभागले जनाएको छ ।

यातायात विभागले यो कार्डमा क्युआर कोड समेत राखेको हुन्छ । जसलाई ट्राफिक प्रहरीले स्क्यान गरेर चालकको विवरण हेर्न सक्छ ।

यस अघि ट्रायल पस गरेको दिन सेवाग्राहीलाई रसिद दिइने गरेको थियो । अब भने जहाँ ट्रायल परिक्षा पास गर्यो सोहि यातायात कार्यालयले त्यहि दिन नै उक्त क्युआर कोड सहितको अस्थाई लाइसेन्स दिने छ ।

विभागका अनुसार अगामी साउन १ गतेबाट वितरण गर्ने गरी उपत्यकाका यातायात कार्यालयहरुले उक्त परिक्षणकालिन लाइसेन्स छपाइ गर्ने मेसिन खरिद गरिसकेका छन ।

परिक्षणकालीन लाइसेन्स पाउनेले ५ पटकसम्म कारवाहीमा नपरेको खण्डमा स्मार्ट लाइसेन्स पाउने बताइएको छ


प्रतिक्रिया दिनुहोस !