नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेकाे नेता याेगेश भट्टराईले जानकारी दिए । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।