७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

पप्पु कन्स्ट्रक्सनले बनाउदै गरेको पुल भासियो, सरकारको साढे ४२ करोड स्वाहा



जनकपुरधाम । तराई मधेशको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल भासिएको छ ।

कमला नदीमा बिहीबार आएको वाढीले पुल भासिएको हो । सिरहा नगरपालिका ६ बसपिट्टा तर्फबाट पुलको दोस्रो स्पान भासिएको हो ।

तराई मधेशको बहुप्रतिक्षित पुल मानिएको कमला पुलको स्पान भाँसिएपछि पुनः अब कमला पुल सञ्चालन तत्काल नहुने भएको छ ।

कमला नदीमा सिरहा र धनुषा जिल्ला जोडने सिरहाको बसपिट्टा घाटस्थित निर्माणधीन ४७० मिटर लम्बाईको पुल भासिएको हो । १२ वटा स्पानमध्ये पूर्वतर्फको दोस्रो स्पान भासिएको छ ।

२०६८ सालसम्म ४२ महिनामा पुल निर्माण कार्य सम्पन्न गर्नेगरी पप्पु लुम्बिनी बिलर्डस जेभीले काम सुरु गरेको थियो । पटक–पटक म्याद थपे पनि पुल निर्माणको समय लम्बिँदै गएको छ । तीन वर्षअघि पप्पुलाई हटाएर लुम्बिनी बिल्डर्सलाई काम गर्न हुलाकी सडक आयोजना कार्यालय जनकपुरधामले पत्राचार गरेको थियो ।

साउन पहिलो साता उद्घाटन हुने गरी निर्माण थालिएको पुल भासिएको हो । पुल निर्माणको काम ९५ प्रतिशत पूरा भएको हुलाकी सडक आयोजना कार्यालय जनकपुरधामका इन्जिनियर जयनाथ यादवले बताए ।

२४ करोड ४२ लाख कुल लागतमा निर्माण भइरहेको कमलाको पुल बिहीबारकै बाढीमै भासिएपछि नदीको दुईतर्फबाट आउनजान तत्काल रोकिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !