७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

ओलीले बोलाएको बैठक एमालेको होईन, गुटगत भेला हो : रामकुमारी झाँक्री



काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भोलि बोलाइएको नेकपा एमालेको बैठकलाई गुटगत भएको बताउनु भएको छ । उहाँले सामाजिक संजाल फेशकुकमा भोलि बस्ने बैठकलाई नितान्त ओली समूहको एकाले गुटको बैठक बताउनु भएको छ । उक्त बैठकले आफूहरुले उठाएको राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन नहुने भएकोले सहभागी नहुने पनि नेतृ झाँक्रले बताउनु भएको छ ।

भ्रममा नपरौ १ भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना बैठकमा सहभागी हुने कुरै आउँदैन । आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ। पार्टी एकताको नाममा छरेको भ्रमको पर्दा पनि उतारिएको छ। हिजो ओली गुटको बैठकले २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।


प्रतिक्रिया दिनुहोस !