Sunday, March 16, 2025

ट्रेन्डिङ :

नारायणगढ मुग्लिन सडकमा ठाउँ ठाउँमा पहिरो, सयाैं सवारी राेकिए

spot_img
spot_img

भरतपुर । नारायणगढ मुग्लिन सडकमा ठाउँ ठाउँमा पहिरो झरिरहेकाले अझै सवारी आवागमन सहज हुन सकेको छैन । सडकमा झरेक‍ो पहिरो सफा गर्दै सवारी साधन चलाउँदै गरे पनि वर्षा जारी रहेकाले पहिरो झर्ने क्रम पनि जारी रहदा सडक खुला गर्न समस्या भएको छ ।

ट्राफिक प्रहरी बागमती प्रदेश कार्यलय रामनगरका प्रहरी निरीक्षक मुनेन्द्र थापा पहिरो झर्ने क्रम जारी रहेकाले यो सडकको यात्रा तत्काल सुरक्षित नहुने बताउनुहुन्छ । आज बिहान मात्रै रोकी राखेको ट्रकमै पहिरोले पुरेको छ । नारायणगढ मुग्लिन सडकको पाँच किलो, चार किलो, केराबारी लगायतका दर्जनभन्दा वढी स्थानमा पहिरो गएकाे छ ।

पहिरो पन्छाउन डिभिजन सडक कार्यालयका डोजर लोडर लगायतका उपकरणहरु परिचालन गरिए पनि माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले पनि पहिरो पन्छाउन समस्या छ ।

पहिरोका कारण सो सडक अवरुद्ध भएसगै अहिले राजमार्गमा दुई हजारभन्दा बढी सवारी साधन अलपत्र परेकाे प्रहरी निरीक्षक थापाले बताउनुभयाे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?