७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

क्रियाशील सदस्यताको विवाद समाधान र मापदण्ड निर्धारणको लागि कांग्रेस बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ । क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण,समायोजन लगायतका विषयमा निर्णय लिन बैठक बस्न लागेको हो । यसअघि विहीबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।

क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुंग्याएर सदस्यताको अन्तिम सूची बुझाउने समय दुई दिन बाँकी छ । महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्रीय समितिलाई असार २० भित्र क्रियाशील सदस्यताको सूची बुझाउनुपर्ने हुन्छ ।

केन्द्रीय समितिले असार २४ सम्म निर्वाचन समितिलाई सदस्यताको अन्तिम सूची दिएपछि निर्वाचन कार्यक्रम सुरु हुने कार्यतालिका छ । हालसम्म साढे ८ लाख क्रियाशील सदस्यको विवरण कांग्रेस केन्द्रीय कार्यालयमा आइपुगेको छ । आएका मध्येक अधिकांश जिल्ला र क्षेत्रमा उजुरी परेको छ ।

उजुरी उपर निर्णय लिन मापदण्ड बन्न सकेको छैन । मापदण्ड बनाउने विषयमा आजको पदाधिकारी बैठकले निर्णय दिन नसके कांग्रेस महाधिवेशन पुनः प्रभावित हुने देखिन्छ ।

बैठक आज २ बजेपछि सानेपामा बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !