१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

नेपालमा २२ जनामा कालोढुसी सङ्क्रमण पुष्टि



काठमाडौं । कोभिड सङ्क्रमण पुष्टि भएका बिरामीमा देखिएको म्यूकर माईकोसिस अर्थात कालो ढुसीबाट नेपालमा अहिलेसम्म २२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. समिर अधिकारीका अनुसार अहिले नेपालका विभिन्न जिल्लामा गरी २२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिलेसम्म म्युकर माईकोसिसका १५ जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये अहिले आठ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको र बाँकी डिस्टार्ज भएको अस्पतालका डा. राजेन्द्र प्रधानाङ्गले बताउनुभयो ।

डिस्टार्ज भएकामध्ये केहिको आँखाको शल्यक्रिया गरेर घर पठाईएको छ भने केहिको शल्यक्रिया गर्न नै नमिलेका कारण घर पठाउनु परेको उहाँले बताउनुभएको छ ।

कालो ढुसीका बिरामीका लागि दिईने एम्फोटेरीसीन बी नामको औषधिको अहिले अभाव रहेको समेत उहाँले बताउनुभएको छ । यो औषधि कालाजारका बिरामीका लागि प्रयोग गरीदै आएको भए पनि पछिल्लो समय कालो ढुसीका बिरामीका लागि पनि प्रयोग गरिँदै आइएको थियो ।

एम्फोटेरीसीन बी औषधिको अभाव रहेका कारण अहिले विकल्पका रुपमा पेसाकोनाजोल औषधिको प्रयोग गरीएको डा. प्रधानाङ्गले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !