१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले माग्यो सूचना प्रविधितर्फका ७७ कर्मचारी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियु) सेवा आयोगको कार्यालयले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । त्रिविका विभिन्न निकायका लागि प्रशासन सेवा अन्तर्गत प्राविधिक समूहका पदहरुमा दरखास्त खुलाइएको हो । यसअन्तर्गत सूचना प्रविधितर्फ प्राविधिक अधिकृत १० जना र र मुख्य प्राविधिक सहायक ६७ गरी कूल ७७ दरबन्दी संख्यामा दरखास्त आह्वान गरिएको छ ।

२१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुकले साउन ४ गते (दोब्बर दस्तुर तिरेर साउन ९ गते) सम्ममा दरखास्त दिन सक्नेछन् । इच्छुकले यो वेबसाइटमा गई त्यहाँ रहेको अनलाइन एप्लिकेसनमार्फत दरखास्त दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !