१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कोरोनाको खोप ल्याउन नेपाल एयरलाइन्सको विमान तयारी अवस्थामा



काठमाडौं । सरकारले चीनबाट कोरोनाविरुद्धको थप खोप ल्याउने तयारी गरेको छ । त्यसका लागि नेपाल एयरलाइन्सलाई तयारी अवस्थामा बस्न भनिएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले आगामी जुलाई ८ तारिखमा खोप ल्याउन एयरलाइन्सको विमान चीन जाने गरी तयारी गरिरहेको बताए । विमान ८ तारिखमा गएर ९ तोरिखमा फर्कने उनले बताए । चीनबाट ल्याउन लागिएको खोप अनुदानको हो वा खरिद गरिएको हो भन्ने विषयमा सरकारले औपचारिक जानकारी गराएको छैन । यसअघि चीन सरकारले अनुदानमा खोप उपलब्ध गराएको थियो ।


प्रतिक्रिया दिनुहोस !