८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो, सम्पूर्ण यातायात अबरुद्ध



चितवन । हिजोदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । लगातारको वर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले पहिरो पन्छाउन पनि सकिएको छैन । बिहीबार देखि नै अवरुद्ध सडकमा हिजो पहिरो पन्छनएर एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर पुनः पहिरो गएपछि यातायात अवरुद्ध भएको छ । पहिरोका कारण हजारौं सवारी साधनहरु जाममा परेका छन् । अहिलेपनि सडकमा पहिरो जाने क्रम जारी रहेको छ । वर्षा रोकिएसँगै पहिरो पुन पन्छाउने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !