Wednesday, March 19, 2025

ट्रेन्डिङ :

निजामती सेवाबाट बिदा भए प्रेमप्रसाद सञ्जेल

spot_img
spot_img

विराटनगर । ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’

४० वर्षे निजामती सेवा अवधी पूरा गर्दैगर्दा उपसचिव प्रेमप्रसाद सञ्जेलले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश हो यो । ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भए ।

राज्य संयन्त्रलाई खुला चुनौती दिएका सञ्जेल सेवा अवधीको उतरार्धमा निकै चर्चामा रहे । श्रम कार्यालय विराटनगरमा हाजिर भएलगतै सरुवा भएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लल्कारेर चुनौती दिए । राजनीतिक पहुँचका आधारमा हाजिर भएको तीन महिनामै सरुवामा परेपछि सर्वाेच्च अदालतबाट मुद्दा जितेर काममा फर्किए । मंगलबार सोही कार्यालयबाट अवकास लिएका छन् ।

सञ्जेलद्वारा सामाजिक संजालमा प्रेषित भावना-
स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ
——————————
((भ्रष्टाचारी,कालो कमाउने)) घुस्याहा,भुस्याहा,छुस्याहा, जँड्याहा,कप्ट्याहा,द्रब्यपिसाच, घोसे,घोप्टे,कपटी,चाप्लुसे “घुभुछुजकद्र घोघोकचा” देशमारा, जनताको रगत चुसाहा, अफिसको रगत चुसाहा, कमिसनखोर, कर्मचारीहरु र तिनका दृश्य अदृश्य राजनैतिक सँरक्ष्यकहरु/ र ……….हरु/ जागिरबाट/ सेवाबाट/पेशाबाट/कामबाट/ र ………बाट अवकाश भै/ वा खारेज भै “सँधैको लागि” घर जान बिदा हुँदा जनताको रगत चुसेर भित्री शरिर जुकाको जस्तो रगतले ढाडिएर रातोपिरो पारेर बाहिरी शरिर र “घुस्याहा कालोअनुहार” तत्काल छोप्न आसेपासेद्वारा कालो अनुहारमा अविर दलाएर तथाकथित बिदाई समारोहको “”प्रायोजन”” गर्छन। मैले त्यस्तो तथाकथित काम बहिस्कार गर्ने चलन आफैँबाट शुरू गरेँ । स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।धन्यबाद ।
।।।।।।।।।
नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब छन । ४० बर्ष जागिर खायो रे । अरुले नगरेको तर तैले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्केँ भन्छ । पाए घुस खान्छ । नपाए अफिसको कमिसन खान्छ । भ्रस्टचार गर्छ । बाल बचेरा बिदेशमा पढाउँछ । यस्ताले त भैँसी पालेर बसे कसो होला?स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।
।।।।।।।।।।।।।
नेपालका सबै कर्मचारी साथी,तिमीले आफ्नैदेश सुधार्न के कसम खायौ ? अझैघुस, कमिसन,नजराना,इनाम, बक्सौनि,रिश्वतको नाममा आफ्नैदेश र गरिब नेपाली जनताको रगत चुस्दै छौ? मैले भ्रष्टाचार बिरुद्ध लड्दा जेल,ज्यान र जागिरमाथि हिडने आबश्यक परेका बखत बात,हात र लात चलाउने,समयले जे निर्णय गर्छ,सोही मान्ने कसम खाएर सरकारी जागिर /स्थायी नोकरीमा मात्र नोकरीमा ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी बिदा लिएँ ।धन्यबाद ।
Iiiiiiiiiiiiii
कविता:म कर्मचारी कि दलाल
कवि: प्रेमप्रसाद संजेल “खतरा”
म कानमा लाउने सुनको दलाल
म तिहुनमा लाउने नुनको दलाल
म मकैमा लाग्ने घुनको दलाल
म भेडाको जीउको उनको दलाल
म देशले लाउने गुनको दलाल
म सुरक्षामा नपर्ने सु को दलाल
म प्रजातन्त्रमा नलाग्ने कू को दलाल
म ढलमा बग्ने नर्ककोे दलाल
म आकाशमा फल्ने फलकोे दलाल
म नदेखिने खालको दलको दलाल
म किसानले लाने बीउको दलाल
म बिदेशमा बिक्ने जीउको दलाल
म सडकमा लाग्ने गिट्टीको दलाल
म कोठीमा बेच्ने ठिटीको दलाल
म डाकाको बीचको प्रीतिको दलाल
म सेवाग्राहीले लिने सेवाको दलाल
म परिश्रमीले लिने मेवाको दलाल
म बाकसमा आउने लाशको दलाल
म ठिनेमिने होईन खासबिशेष दलाल
म भूकम्प पिडितको पालको दलाल
म बाढी पिडितको दालको दलाल
म बिचौलियाको जालको दलाल
म गुण्डाले लिने कालको दलाल
म पण्डाले लिने भेटीको दलाल
म नापी र माल दुबैको दलाल
म बिकास र निकास सबैको दलाल
म घरबार-दरबार दुबैको दलाल
म मन्दिरमा बज्ने घण्टीको दलाल
म बाह्रमासे आण्टीको दलाल
म तिनपाने भट्टीको दलाल
म पहेंलो बोक्ने टट्टीको दलाल
म मेरी आमा मट्टीको दलाल
म सारै निच घट्टीको दलाल
म ज्यान मार्ने दलालको दलाल
म फरार हुने परारको दलाल
म भाडामा मिल्ने करारको दलाल
म ब्रुुश्लीजस्तो प्रहारको दलाल
म मुश्लीजस्तो दारको दलाल
म एक्सरे नदेख्ने अन्धाको दलाल
म सुन बोक्ने बन्दाको दलाल
म अत्ति कालो धन्दाको दलाल
म ईमान्दार मास्ने मज्जाको दलाल
म बेईमानी पाल्ने गज्जबको दलाल
म घुस र भुस द्धयको दलाल
म मानिस मार्ने भयको दलाल
म हालसाल बिदेश गएको दलाल
गर्छनकि कसो जनताले हलाल lस्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।
spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?