Monday, March 17, 2025

ट्रेन्डिङ :

माधव नेपालप्रति ओलीको आक्रोस: एमाले पनि हुँ भन्ने अनि एमालेलाई सिध्याउन खोज्ने

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गरेका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने समेत बताए । ओलीले भने, ‘अब एमाले अगाडि बढ्छ । जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ?’

ओलीले भने, ‘सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन ।’

एक दुई जना नेताहरूलाई वार्ताका नाममा लगाएर एमाले सिध्याउने काम भइरहेको ओलीको भनाई छ । ‘एमाले हुनका लागि सही पनि एमाले, मै पनि एमाले हुनुपर्छ । एमाले पनि हुँ भन्ने अनि एमालेलाई सिध्याउन खोज्ने एमाले हुनै सक्दैनौँ ’, ओलीले भने ।

पार्टीको विरोधमा बोल्ने, काम गर्नेहरू नेता कार्यकर्ता हुन नसक्ने ओलीको भनाई छ । उनले भने, ‘जो पार्टीको पक्षमा बोलिरहेको छ। त्यो पार्टीको नेता कार्यकर्ता। जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन। त्यो नेता कार्यकर्ता हुँदैनन्।’

पार्टीको विरोध गरेर नेता कार्यकर्ता नहुने भन्दै उनले उनीहरूलाई सप्रिन सुझाए । ‘पार्टीको विरोधमा बोलेर नेतारकार्यकर्ता हुन्छ ?, पार्टीको संगठनको पक्षमा, सदृढीकरण, एकताको पक्षमा छ भने पार्टीको नेता हो । वैचारिक र सांगठनिक रूपमा पार्टीलाई ढाल्ने उद्धेश्यमा सक्रिय छ भने नेता होइन। त्यसैले सप्रिएर आएर हुन्छ ।’

उनले भने ,‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज-जसको कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन्।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?