७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गराउने अभियानको थालनी



काठमाडौं : शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गराउने अभियान धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारीबाट सुरु भएको आन्दोलनरत संयुक्त संघर्ष समितिले जनाएको छ । समितिले यसअघि गठित आयोगहरुले दिएका सुझावका आधारमा पदाधिकारी नियुक्त माग गरेको छ । संघर्ष समितिले नेता मन्त्रीको खल्तीबाट अयोग्य र अक्षमलाई पदाधिकारीमा नियुक्त नगरेर शिक्षा र स्वास्थ्य क्षेत्रमा विषय विज्ञ विशिष्टि व्यक्तिहरुले सिफारिस गरेका योग्य र दक्ष व्यक्तीलाई मात्र पदाधिकारीमा नियुक्त गर्न माग गरेको छ ।

अनलाइन जुम प्रविधिबाट समितिले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दैै शिक्षा र स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार मौलाउनबाट रोक्न राजनीतिक नियुक्ति बन्द गर्न अभियान अनुरुप सरकार समक्ष यस्तो माग गरिएको जनाएको छ । संघर्ष समितिका सहसंयोजक समेत रहेका चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका निवर्तमान अध्यक्ष डा. विष्णु पोखरेलले भने, ‘शिक्षा र स्वास्थ्य शैक्षिक संस्थामा राजनीतिक नियुक्तिबाट आएका उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशक र रजिष्ट्रारलगायत पदाधिकारीका कारण प्रतिष्ठानमा लामो समयदेखि व्यापकरुपमा भ्रष्ट्राचार, आर्थिक अनियमितता, कमिसन र घुसखोरी मौलाएको हो । यो गलत प्रणालीको विरुद्ध हामी सडकमा निक्लेका छौं ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय