७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

उपत्यकामा २५ जना विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्न दिइने



काठमाडौं । अब काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन हुने भएको छ । उपत्यकामा बढीमा २५ जना विद्यार्थीसम्म राखेर परीक्षा सञ्चालन गर्न दिइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले परीक्षा चलाउन दिने निर्णय गरेको हो ।

कोभिड–१९ भाइरसका कारण रोकिएको कक्षा १२ र त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरुमा मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोगसँगै प्रत्येक सिफ्टको परीक्षा सकिएसँगै निसंक्रमण गर्नुपर्ने भनिएको छ । यस्तै एकै दिनमा २५ जनाभन्दा बढी जम्मा हुने अवस्था भएमा शिफ्ट अनुसार परीक्षा सञ्चालन गर्न भनिएको छ । एउटा शिफ्टका सबै व्यक्ति परीक्षास्थलबाट बाहिरिएपछि मात्र अर्को शिफ्टसँग सम्बन्धित व्यक्ति प्रवेश गर्न मिल्न पाइने बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !