७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

रेल विभागको महानिर्देशकमा दीपक भट्टराई नियुक्त



काठमाडै । रेल विभागको महानिर्देशकमा दीपक भट्टराई नियुक्त भएका छन् । विभागको महानिर्देशक प्रमिला बज्राचार्य सचिव पदमा बढुवा भएसँगै विभाग महानिर्देशकविहिन बनेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । भट्टराई यस अघि मन्त्रालयकै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको योजना महाशाखाका प्रमुखका रुपमा कार्यरत थिए ।

सह सचिवमा बढुवा भएपछि पछिल्ला दुई बर्ष उनले सडक विभागको पुल महाशाखाको प्रमुख भएर काम गरेका थिए । ६ महिना अघि मात्रै मन्त्रालयको योजनामा महाशाखामा गएका थिए । सडक विभागको सहायक इन्जिनियरका रुपमा २०४७ सालमा सरकारी सेवामा प्रवेश गरेका भट्टराई ०६४ सालमा उपसचिव र ०७४ सालमा सहसचिवमा बढुवा भए ।


प्रतिक्रिया दिनुहोस !