१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

तीन सचिवको जिम्मेवारी हेरफेर



काठमाडै । सरकारले तीन जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । जिम्मेवारी हेरफेर भएका सचिवहरुमा सुरेश आचार्य,रामकृष्ण सुवेदी र तोयानारायण ज्ञवाली छन् । ५८ बर्ष उमेर हद लागेर शिक्षा सचिव सञ्जय शर्मा,उपराष्ट्रपति कार्यालयका सचिव गोपीनाथ मैनालीले अवकाश पाएसँगै ती निकाय सचिवविहन थियो । यस्तै राष्ट्रपति कार्यालयका सचिव डा हरि पौड्याल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनेसँगै राष्टरपति कार्यालय सचिवबिहिन अबस्थामा थियो ।

सोमबार बालुवाटारमा बसेको क्याविनेटले नेपाल ट्रष्टको कार्यालयमा कार्यरत सचिव आचार्यलाई शिक्षा मन्त्रालय,सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव रामकृष्ण सुवेदीलाई उपराष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका तोयानारायण ज्ञवालीलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरेको हो ।


प्रतिक्रिया दिनुहोस !