४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

तलब भत्ता नपाएपछि शिक्षक र विद्यालय कर्मचारीको धर्ना



गौरीगञ्ज गाउँपालिकाले सरकारले घोषणा गरे अनुसारको तलब भत्ता उपलब्ध गराउन सम्बोधन नगरेको भन्दै बाल विकास शिक्षक तथा कर्मचारीहरूले गौरीगञ्ज गाउँपालिकाको मूलगेटम धर्ना दिएका बसेका छन् ।

उनीहरुले आफ्ना माग पुरा गर्नुपर्ने भन्दै सोही स्थानमा कोण सभा समेत गरेका छन् । सो क्रममा मन्तव्य राख्ने सबैजनाले संघीय सरकाले घोषणा गरेअनुसारको सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताएका छन् ।उनीहरूको धर्ना कार्यक्रमलाई पेशागत संघ संगठनहरूले पनि साथ दिएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

गाउँपालिकाले नवौ गाउँसभा मार्फत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको माग सम्बोधन गरोस् भनी उनीहरुले असार १० गते गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

आन्दोलित शिक्षक तथा कर्मचारीहरुले माग सम्बोधन नभए अझ शसक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।- इकार्मचारी


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय