८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

देशभर सामान्यदेखि पूर्ण बदली, केही स्थानमा धेरै भारी वर्षाको सम्भावना



काठमाडौँ – देशभर बुधबार सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभावका कारण बदली तथा वर्षा भइरहेको हो ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । प्रदेश १ का एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरि राति पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !