८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

विज्ञापन रद्द गरिएको सूचना



काठमाडै । सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार नेपाल कृषि सेवा, भेटेरिनरी समूह रा।प। प्रथम र द्वितीय श्रेणीका देहायका बढुवा सूचना तथा विज्ञापनहरु आयोगको मिति २०७८।०३।१७ को निर्णयबाट रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । आयोगबाट मिति २०७७ असोज २८ मा प्रकाशन भईहाल स्थगनमा रहेका नेपालइञ्जिनियरिङ्ग सेवा र नेपाल कृषि सेवाको रा।प।द्वितीय श्रेणीकाबढुवा सूचनातथा विज्ञापनहरुमा आयोगको मिति २०७८।३।१७ को निर्णयानुसार मिति २०७८।३।१८ देखि दरखास्त लिने कार्य सुचारु गरिएकोले पूर्वनिर्धारित विधिबाट देहायको अवधिभित्र दरखास्त दिन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । दरखास्त सम्बन्धी अन्य शर्तहरु पूर्व प्रकाशित सूचनामा उल्लेख भए बमोजिम हुनेछन्। अनलाइन मार्फत यसपूर्व दरखास्त पेश गरी दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारहरुले समेत यस सूचनामा उल्लेखित दोब्बर दस्तुर मितिको भोलिपल्टसम्म परीक्षा दस्तुर बुझाईसक्नु पर्नेछ । उक्त विज्ञापनहरुको परीक्षा कार्यक्रम सम्बन्धी सूचना पछि प्रकाशन गरिनेछ । यस सम्बन्धी विस्तृत विवरण आयोगको वेभसाइटमा प्रकाशित गरिएको छ ।

सम्मानित सर्वोच्च अदालतबाट जारी भएका परमादेशको आदेश अनुसार लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०६७को दफा १० समेतका आधारमा नेपाल इञ्जिनियरिङ्ग सेवा, नेपाल कृषि सेवा र नेपाल वन सेवाका देहायका समूह र श्रेणीका पदहरुमा बढुवा, आ।प्र।, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले आयोगको आ।व। २०७७÷७८ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७७÷०६÷२८गते प्रकाशित विज्ञापनको अवधि भित्र योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ । यस अघि मिति २०७७÷०६÷२८मा नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा।प।प्रथम र द्वितीय श्रेणीका लागि भएका विज्ञापन तथा बढुवा सूचनाहरु अदालतको परमादेशको आदेश बमोजिम२०७८÷०३÷१७ मा रद्द गरिएको हुनालेपूर्व प्रकाशित आ।प्र। तथा बढुवा सूचनाहरुमा दरखास्त दिएका उम्मेदवारहरुले समेत पुनः दरखास्त पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !