१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

थप १८७५ जना संक्रमित, १२८६ संक्रमणमुक्त, २९ जनाको मृत्यु



काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ८ सय ७५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ५ हजार ३ सय ७४ आरटी पिसिआर र ५ हजार १ सय ३० एन्टिजेन गरी कुल १० हजार ५ सय ४ जनामा परीक्षण गरिएकोमा १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ७२ जना र भेन्टिलेटरमा १ सय ५७ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट १ हजार २ सय ८६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय