२० जेष्ठ २०८०, शनिबार
 |   Sat Jun 3 2023
Logo

परराष्ट्र सेवाका ३ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस



काठमाडै । परराष्ट्र सेवाका तीन शाखा अधिकृत उपसचिवमा बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिले परराष्ट्र सेवाका तीन शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । समितिको बिहिबार बसेको बैठकले जेष्ठता र कासमुको आधारमा मन्त्रालयका तीन शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।बढुवा सिफारिस भएकाहरुमा कुल बहादुर मगर,शिवानी बस्नेत र सबिता नकर्मी छन् ।

यस अघि मनत्रालयका ५ उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका थिए । जेष्ठता,कासमु र कार्यक्षमता मुल्यांकनका आधारमा राप प्रथम श्रेणीमा कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीका साथैं सुधिर भट्टराई,घनश्याम लम्साल र तेजबहादुर क्षेत्री बढुवा सिफारिस भएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय