१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

थप २१६९ जनामा संक्रमण पुष्टि, १४३२ जना संक्रमणमुक्त, २२ जनाको मृत्यु



काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार १ सय ६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ५ सय ३० आरटी पिसिआर र ३ हजार ८ सय ७० एन्टिजेन गरी कुल १० हजार ४ सय १७ जनामा परीक्षण गरिएकोमा २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ४३ जना र भेन्टिलेटरमा १ सय ५५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट १ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३ सय ६२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय