१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

४० हजार घूससहित धादिङका सहायक वन अधिकृत पक्राउ



सदरमुकामस्थित निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई ४० हजार घूस रकमसहित पक्राउ गरिएको छ ।

कार्यालय प्रमुख पौडेलले ‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउन ४० हजार रुपैयाँ माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
‘केही दिनअघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको रहेछ’, प्रवक्ता रिसालले भने, ‘त्यही मुद्दा मिलाउन भन्दै लिएको ४० हजार नगदसहित पक्राउ गरिएको हो ।’

पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने आयोगका प्रवक्ता रिसालले जानकारी दिएका छन् । पौडेलले गत कार्तिकदेखि निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय