१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मन्त्रीको टुंगो लगाउन माओवादीको स्थायी समिति बैठक, प्रभावशाली नेता शर्माको प्रवल संभावना



जनार्दन शर्मा

काठमाडौं : सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्रीको शपथ लिँदै छन् । योसँगै उनको मन्त्रिमण्डलमा गठबन्धनमा समावेश कुन पार्टीका कति जना र को–को मन्त्री बन्दै छन् भन्नेबारे चर्चा सुरु भएको छ। गठबन्धमा सामेल कांग्रेस भन्दा १० सिट कम अर्थात ४९ जना सांसद रहेको नेकपा माओवादी केन्द्रबाट कति र को–को मन्त्री बन्दै छन् भन्नेबारेको चर्चाले पनि स्थान पाएको छ।

सरकारमा आफ्ना तर्फबाट कति र क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल गर्न माओवादीले मंगबालर पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ। सकेसम्म महिला, दलित, जनजाती र नयाँ अनुहारहरुलाई नयाँ सरकारमा पठाउने गरि छलफल सुरु भएको हो। त्यसमा पम्फा भुसाल, अञ्जना विसंखे, शशि श्रेष्ठ मन्त्री बन्ने सम्भावना छ। यता क्षमताका हिसाबमा जनार्दन शर्माले फेरि पनि मन्त्री पाउने सम्भावना छ। उनी नेकपा सरकारमा सामेल थिएनन् । देव गुरुङ, देवेन्द्र पौडेलको नाम पनि चर्चामा छ।


प्रतिक्रिया दिनुहोस !