१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

युथफोर्सले सिरानीमुनि राखेको खुकुरी आवश्यक परेको बेला निकाल्छ : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको हो । युवा संघले मंगलबार पत्रकार सम्मेलनमार्फत युथफोर्स ब्युँतिएको घोषणा गरेको हो । युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले विगतमा जस्तै सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्नुपर्ने बताए।

युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकुरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए । शान्ति प्रक्रियालगत्तै माओवादीलाई काउन्टर दिन एमालेले २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो । पुनःस्थापित युथफोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ चयन भएका छन् । युथफोर्स ५०१ सदस्यीय रहने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !