
काठमाडौं । नेपाली कांग्रेसबाट सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्रीको रुपमा शपथ लिनुहुने भएको छ।
सर्वाेच्च अदालतले दिएको आदेश अनुसार केही बेर अघि प्रधानमन्त्रीमा नियुक्त हुनुभएका शेर बहादुर देउवाले अर्थमन्त्रीमा कार्कीलाई शपथ गराउनुहुने भएको हो ।
कार्कीको अर्थमन्त्रीमा दोस्रो कार्यकाल हुने भएको छ। प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवाले शपथ लिँदा कांग्रेसबाट अन्य तीन जनाले शपथ लिने बताइएको छ। यसअघि अर्बपति विनोद चौधरीले पनि अर्थमन्त्रालयमा लविङ गर्नुभएको समाचार बाहिरिएको थियो ।
अन्य दुई व्यक्ति र मन्त्रालयको टुंगो नलागेको बताइएको छ। यस्तै माओवादीले पनि मन्त्रीको टुंगो लगाउदै छ । उहाँहरुको शपथ कतिबेला हुने भन्नेबारे एकिन भइसकेको छैन ।