१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय