१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

उज्यालो नेपालका नायक शर्मालाई अर्थमन्त्रालयको जिम्मेवारी, चौपट अर्थतन्त्रलाई लयमा ल्याउने चुनौती



जनार्दन शर्मा

काठमाडौं : नेकपा माओवादी (केन्द्र) का प्रभावशाली नेता तथा उज्यालो नेपालका नायक जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त हुने भएका छन्। सरकारमा सहभागी माओवादी केन्द्रका नेताहरु एकपछि अर्को गरी अलोकप्रिय बनिरहेको अवस्थामा माओवादीबाट मन्त्री बनेका जनार्दन शर्माले देशलाई १८ घण्टाको अध्यारो नेपाललाई उज्यालो बनाए तर त्यसको जस भने तत्कालीन नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले पाए । यसको मतलब कुलमान घिसिङको नेपाललाई अध्यारोबाट मुक्त बनाउन भूमिका छैन भन्न खोजिएको होईन तर उज्यालो नेपाल बनाउन नेता शर्माको महत्वपूर्ण तथा मुख्य योगदान रहेको थियो ।

नेपाल विद्युत् प्राधिकरणको महानिर्देशक घिसिङलाई नियुक्त गर्न पनि तत्कालीन उर्जामन्त्री शर्माको मुख्य हात रहेको थियो । शर्माकै इच्छाशक्तिले नै कुलमान घिसिङ विद्युत् प्राधिकरणका महानिर्देशक बने । नेपालका मिडिया, विपक्षी राजनीतिक दल, माओवादी प्रति पूर्वाग्रह राख्ने वौद्धिकहरुको जमात र माओवादी पार्टी भित्रै प्रभावशाली नेता शर्माका प्रतिस्पर्धीहरुले पनि पनि उज्यालो नेपालको श्रेय मन्त्री शर्मालाई दिनुको साटो कुलमान घिसिङलाई दिए । किनभने मन्त्री शर्मालाई उज्यालो नेपालको श्रेय दिदाँ कांग्रेस र एमालेलाई राजनीतिक घाटा हुन्थ्यो । अर्कातर्फ शर्माले सरकारमा सहभागी हुँदा देशलाई अध्यारोबाट मुक्त गराएपछि पार्टीमा दबदबा हुने खतरा देखेर माओवादी भित्रका नेता शर्माका प्रतिस्पर्धीहरुले पनि कुलामान घिसिङलाई मोडल बनाउनु आफ्नो हित ठाने । फस्वरुप जनार्दन शर्माले गरेको उदाहरणीय कार्यको माओवादीले स्वामित्व लिएर त्यसको प्रचार गर्नु आवश्यक ठानेन ।

माओवादीले सरकारमा गएर पनि काम गर्न नसकेको, भ्रष्टाचारमा लिप्त भएको, जनताका पक्षमा काम नगरेको भन्दै चौतर्फी आक्रमण भईरहेको बेला माओवादी पाटीका प्रभावशाली नेता शर्माको नेपाललाई लोडसेडिङ मुक्त बनाउने कामले प्रतिक्रियावादीहरुको आक्रमणलाई कमजोर बनाएको थियो । माओवादीबाट सरकारमा सहभागी भएका नेताहरु मध्ये अर्थमन्त्री भएको बेला डा. बाबुराम भट्टराईले गरेको आर्थिक सुधार पछि नेता शर्माले पनि नेपाललाई अध्यारो मुक्त बनाएर जनतामा माओवादीमा पनि आश लाग्दा नेता रहेछन् भन्ने अनुभुति गराए । माओवादीबाट सरकारमा सहभागी भएका टोपबहादुर रायमाझीले पनि उर्जामन्त्रालय सम्हाले तर उनले कमिसन र विद्युत् प्राधिकरणमा भएका पूराना सामान बेचेको आरोपसमेत लागेको थियो । नेता नेता शर्माले गरेको कामलाई माओवादीले स्वामित्व लिएर व्यापक प्रचारप्रसार गर्नु पथ्र्यो तर माओवादी त्यसमा चुकेको थियो । संकटमा नेपाललाई उज्यालो पारेको उनै नेता शर्माको काँधमा आज पनि महत्वपूर्ण जिम्मेवारी काँधमा पर्ने निश्चित भईसकेको छ ।

नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्र बीच मन्त्रालय बाँडफाँडबारे भएको सहमति बमोजिम अर्थमन्त्रालयको नेतृत्वका लागि शर्मालाई पठाउने निर्णय माओवादी केन्द्रले मंगलबार दिउँसो गरिसकेको छ । माओवादीबाट शर्मा र पम्फा भुसाल शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्री बन्ने पक्का भइसकेको छ। अर्थमन्त्रीका रुपमा शर्माको नेमप्लेट समेत अर्थमन्‍त्रालयमा मन्त्रीको कार्यकक्षको ढोकामा लागिसकेको छ। यसअघि गृह र ऊर्जा मन्त्रालय सम्हालिसकेका शर्मा पार्टीभित्र खरो र स्पष्टवक्ता नेताका रुपमा चिनिन्छन्। २०७३ साउन ३० मा ऊर्जामन्त्रीमा नियुक्‍त शर्माले लोडसेडिङ मुक्त नेपाल बनाउने पहल थालेका थिए। उनैले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गरी तत्कालीन समयमा दिनमा १८ घण्टासम्म हुने लोडसेडिङको समस्यालाई निराकरण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

अब अर्थमन्त्रीका रुपमा शर्मासामु कोभिड महामारीले थिलोथिलो पारेको अर्थतन्त्रलाई कसरी पुनरुत्थानतर्फ लैजाने भन्ने चुनौती छ। यस्तै, अघिल्लो सरकारले अध्यायदेशमार्फत ल्याएको बजेटको कानुनी औचित्यमाथि अदालतले प्रश्न उठाएसँगै नयाँ सरकारको बजेट ल्याउने जिम्मेवारी पनि उनलाई रहने छ। उर्जामन्त्री भएको बेलाको छबी कायम राख्दै कोभिड १९ बिरुद्धको खोपलाई सबै नेपालीसम्म पुर्याउनका लागि आवश्यक स्रोत जुटाउनुका साथै देशको अर्थतन्त्रलाई लयमा फर्काउनु पर्ने चुनौती काँधमा थपिएको छ ।


प्रतिक्रिया दिनुहोस !