१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

फरार रहेका गच्छदार देउवा प्रधानमन्त्री भएपछि अदालतमा हाजिर



काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार भउका थिए । अब अदालतमा उनको बयान हुने छ। त्यसपछि थुनछेक हुनेछ ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा सपथग्रहण गरेलगत्तै गच्छदार अदालतमा उपस्थित हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यीमध्ये पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, छविराज पन्त हाजिर भएका छन् । विशेषले जोशीलाई साधारण तारेखमा रिहा गर्‍यो भने पन्तसँग पाँच लाख धरौटी माग गरेको थियो । तर गच्छदार भने फरार थिए । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा गैरकानूनी कार्य गरेको अभियोग पत्रमा उल्लेख छ । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !