८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

चार उपसचिवलाई सहसचिवमा र एक अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस



काठमाडौं : बढुवा सिफारिस समितिले ४ जना उपसचिवलाई सहसचिवमा र १ अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । समितिको मंगलबार बसेको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि चार जनाको नाम सहसचिवको नाम सिफारिस गरेको हो । यस्तै एक जना उपसचिवमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल इन्जिनियरिङ सेवातर्फ सहसचिव बढुवामा सिफासि भएकाहरुमा हरिनारायण यादव, रुक्मांगत खनाल, प्रचण्डदेव विष्ट र केदार कुमार श्रेष्ठको नाम सिफारिस गरिएको छ भने उपसचिवका लागि शालिग्राम भण्डारीको नाम सिफारिस भएको छ ।


प्रतिक्रिया दिनुहोस !