१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ओलीको ऐतिहासिक कामले एमालेप्रति जनताको भरोसा बढ्दो छ : मुख्यमन्त्री पौडेल



हेटौडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताएका छन् । चितवनको राप्ती नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको जिकिर गरे । मुख्यमन्त्री पौडेलले कुनै पनि दल आफ्नो विचार र तिनको कार्यान्वयनका कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै विचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुपमा स्थापित बन्न सकेको दाबी गरे ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जीतबहादुर तामाङका नेतृत्वमा ५८ जना एमालेमा प्रवेश गरेका थिए । सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामालगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय