२० जेष्ठ २०८०, शनिबार
 |   Sat Jun 3 2023
Logo

गृह मन्त्रालयले रोक्यो एआईजीहरुको सरुवा



काठमाडौं । अघिल्लो सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गृह मन्त्रालयले रोकेको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको असार २४ गते बसेको बैठकले एआईजीहरुको सरुवा गरेको थियो ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल कार्य विभागमा पठाइएका थिए। तर प्रहरी महानिरीक्षक शैलेश थापाले आफैंले बनाएको आचारसंहिता विपरित एक वर्ष नभइ उनको सरूवा गरेको भन्दै आलोचना भएको थियो ।

बालुवाटारले चाहिँ पालले विपक्षी गठनबन्धनलाई सहयोग गरेको आरोप लगाएको थियो ।

पालको ठाउँमा उनका ब्याची प्रद्युम्न कार्कीको सरूवा गरिएको थियो । प्रशासन विभागका निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागको जिम्मा दिइएको थियो । अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय