१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

ओलीको साढे तीन बर्षे शासनकालमा वैदेशिक ऋणमा दोब्बरले वृद्धि, प्रत्येक नेपालीको टाउकोमा ५२ हजार ऋण



काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीको साढे तीन बर्षे शासनकालमा वैदेशिक ऋणमा दोब्बरले वृद्धि भएको छ ।

ओली प्रधानमन्त्री नियुक्त हुँदा फागुन ०७४ मा मुलुकको कुल ऋण ८ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन वर्षपछि ०७७ फागुनमा त्यो बढेर १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो । तीन वर्षको अवधिमा मुलुकको खुद सार्वजनिक ऋण ७ खर्ब ७६ अर्ब रुपैयाँ बढेको हो, जुन ८८ दशमलव पाँच प्रतिशतको वृद्धि हो ।

प्रत्येक नेपालीको टाउकोमा तीन वर्षअघि २८ हजार ऋण रहेकोमा अहिले बढेर ५२ हजार ऋण पुगेको छ।


प्रतिक्रिया दिनुहोस !