१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बटारिएर हिडेका विप्लव संकट परेपछि अन्त: प्रचण्डकै शरणमा



काठमाडौं । ओली सरकारले धोका दिएपछि विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुहारेका छन् । ओलीसँग उधारो सहमति गरेर फसेका विप्लव बुधबार प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनी पार्टी नेता धर्मेन्द्र बास्तोलासँग प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । ८ मंसिर २०७१ मा विप्लवले नयाँ पार्टी बनाएपछि प्रचण्डसँग सम्भवतः पहिलो पटक भेटवार्ता हो । एमालेसँग पार्टी एकता गर्नु अघि प्रचण्डले पटक पटक विप्लवलाई भेट्न खोजेका भए पनि विप्लवले प्रचण्डलाई भेट्न मानेका थिएनन् । एकीकृत जनक्रान्तिको सारसंग्रहवादी कार्यदिशा बनाएर अघि बढेका विप्लव एकपछि अर्को असफल भएपछि ओलीको सरकारले प्रतिबन्ध लगाएको २ बर्षमै आत्मसमर्पण गर्दै शान्तिपूर्ण राजनीतिमा फर्किएका छन् ।

विप्लवले माओवादी आन्दोलनलाई कमजोर बनाउन मुख्य भूमिका खेलेको आरोप पनि लाग्ने गरेको छ । तत्कालीन एकीकृत माओवादी विभाजनको मुख्य योजनाकार विप्लव रहेका थिए । त्यसपछि एकपछि अर्को गरी माओवादी आन्दोलन कमजोर मात्र नभएर क्षत विक्षतको अवस्थामा पुग्यो । माओवादीलाई प्रतिक्रियावादीहरुको चाहना बमोजिम रक्षात्मक अवस्थामा पुर्याउन विप्लवको भूमिका रहेको उनका समकालीन नेताहरुले बताउने गरेका छन् । विप्लव पार्टी विभाजनको औचित्य पुष्टि नगर्दै पुन प्रचण्डको दैलो ढकढक्याउन थालेका छन् । तीन बर्षमा देशव्यापी रुपमा संगठन ध्वस्त हुनुका साथै क्षमता भएका नेताहरु एकपछि अर्को गरी पार्टीबाट बाहिरिनुका साथै धेरै क्षमतावान नेताहरु जेलमा परेपछि विप्लवले आफ्नो संकट टार्न ओलीसँग आत्मसमर्पण गरेर तीन बुँदे सम्झौता गरेका थिए ।

तर शान्तिपूर्ण राजनीतिमा आएपछि दुई पटक तत्कालीन ओली र माओवादी केन्द्रबाट फुटेर गएका केही नेताललाई भेटे पनि विप्लवले अरु दलका नेताहरुलाई भेटेका थिएनन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको चार महीना बढी भएको छ । विप्लव नेतृत्वको नेकपा र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबीच २०७७ फागुन २१ गते तीनबुँदे सहमति भएको थियो ।

विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको थियो । सहमतिपत्रमा सरकार पक्षको वार्ता टोलीका संयोजक रामबहादुर थापा ‘बादल’ र विप्लव पक्षको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका थिए । सहमति भएको चार महिना बढी भइसक्दा पनि विप्लवका केही कार्यकर्ता अझै छुटेका छैनन् । अहिले १२३ भन्दा बढी विप्लवका कार्यकर्ता जेलमै रहेको बताइन्छ ।

सहमति कार्यन्वन नभएको भन्दै विप्लव समूहका नेताहरु बारम्बार बालुवाटार पनि धाए । सहमति कार्यान्वयन नभए त्यसको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी समेत दिए । तर पनि विप्लवका कार्यकर्ता रिहा भएनन् । तर, तत्कालिन प्रधानमन्त्री ओलीले विप्लवलाई वास्तै गरेनन् । गत २० गते पनि विप्लव नेतृत्व पार्टीका नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोला बालुवाटर पुगेर तत्काल कार्यकर्ता रिहाइको प्रक्रिया अघि बढाउन ओलीको ध्यानाकर्षण गराएका थिए । तर, ओलीले विस्तारै सबै काम हुन्छ भन्दै सधैं झैँ टारे । सहमति कार्यान्वयन नै नगरी ओली सरकारबाट बाहिरिए ।

त्यसअिघ विप्लव आफै पनि बालुवाटार पुगेका थिए । गत वैशाख पाँच गते विप्लव बालुवाटार पुगेर ‘सहमतिअनुसार हाम्रा नेता कार्यकर्ता किन नछुटेको ’ भन्दै ओलीलाई प्रश्न गरेका थिए । जवाफमा ओलीले सधैं झैँ सरकारले यथाशक्य छिटो बन्दी रिहाइको तयारी गरेको र मुद्दा खारेजी हुने भन्दै विप्लवलाई थुम्थुमाएर पठाएका थिए । गत सोमबार ‍सर्वोच्च अदालतलेर प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेसँगै ओली सरकारबाट बाहिरिएका छन् । बुधबार मात्रै ओली सरकारी निवास बालुवाटर छाडेर बालकोट पुगिसेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय