spot_img
Tuesday, July 27, 2021
spot_img

ट्रेन्डिङ :

प्रदेश-२ लोक सेवा आयोगद्वारा २ सय बढी कर्मचारी भर्नाको आह्वान

spot_img

काठमाडौं । प्रदेश २ लोक सेवा आयोगले विभिन्न पदका दुई सयभन्दा धेरै सिटमा कर्मचारी भर्नाको विज्ञापन प्रकाशित गरेको छ ।

आयोगले बिहीबार नवौं र एघारौं तहको बढुवा तथा सातौं तहको खुला र बढुवाको विज्ञापन प्रकाशित गरेको हो ।

प्रदेश २ लोक सेवा आयोगले कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको यो तेस्रो पटक हो । यसअघि गत फागुनमा सातौं तहको इन्जिनियरिङ र जेठको अन्तिम साता नवौं तहको विज्ञापन खोलिएको थियो ।

यस पटक अधिकृत सातौं तहमा बढुवाका लागि ४२ जना तथा खुला, समावेशी र अन्तर सेवा प्रतियोगिताबाट पदपूर्ति गर्न ८१ जनाका लागि विज्ञापन खोलिएको छ ।

यसैगरी बढुवामार्फत् पदपूर्ति गर्न एघारौं तहमा ५ जना र नवौं तहमा ६६ जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख

फरार प्रतिवादीहरू धमाधम पक्राउ

युवा पलायन रोक्न सुझाव

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: