६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

झण्डै १५ सय कर्मचारीले अनलाईनबाट निवेदन दिए तर ४३१ ले मात्रै पाए सरुवा



काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवाको काम प्रभावकारी बनाउने उदेश्यले शुरु गरेको अनलाइनबाटै आवेदन प्रक्रिया प्रभावकारी हुन सकेको छैन । प्रक्रिया शुरु भएको ८ महिना पुगिसक्दा पनि प्रभावकारी कार्यन्वयन हुन नसकेको कर्मचारीहरुको गुनासो छ । सात महिनाको अवधिमा झण्डै १५०० ले अनलाइनबाट आवेदन दिएका भए पनि नगन्य मात्रामा कर्मचारीको रोजेकै ठाउँमा सरुवा पाएका छन् ।

मङ्सिरदेखि हालसम्म अनलाइनबाट सरुवा हुन एक हजार ४३१ जनाले निवेदन दिएको तर निवेदन दिएकामध्ये २५३ जनाको रोजेकै कार्यालयमा सरुवा भएको सामान्य प्रशासनले जनाएको छ । मन्त्रालयले अनलाइनबाट आवेदन प्रक्रिया शुरु गरेसँगै इमेलमार्फत कर्मचारीहरुले दिएका आवेदनलाई हरेक महिनाको २५ देखि ३० गतेभित्र सरुवाको काम गर्दै आएको छ । पछिल्लो सात महिनामा १७ प्रतिशतमात्र रोजेकै कार्यालयमा सरुवा हुन पाएका छन् ।

सामान्यले कर्मचारीहरुको सरुवामा हुने चलखेल रोक्न भन्दै अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । मन्त्रालयले कर्मचारीको सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन अनलाइन सरुवा प्रणाली सञ्चालनमा ल्याएसँगै दुर्गम जिल्लाबाट समेत सरुवाकै लागि सिंहदरबार धाइरहनुपर्ने झण्झट अन्त्य भयो त भनियो तर दूगर्मको कर्मचारीको पीडा भने उस्तै रहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय