१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

११ महिनामा १ खर्ब २७ अर्ब रुपैयाँ पुनर्कर्जामा लगानी, लिनेमा किसान अगाडि



सो सुविधाबाट जेठ मसान्तसम्ममा ४४ हजार ७ किसान लाभांवित भएका हुन् । योसँगै महिला उद्यमशील कर्जाअन्तर्गत ५० हजार ५ सय १३ महिला उद्यमीले ४४ अर्ब ६६ करोड कर्जा लिएका छन् ।

योबाहेक सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ३ सय ३२ ऋणीको ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ जेठ मसान्तसम्ममा ८२ करोड २४ लाख रुपैयाँ स्वीकृत भएको छ ।

राष्ट्र बैंकका अनुसार सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ४८ अर्ब ३५ करोड स्वीकृत भएकोमा १ खर्ब २७ अर्ब ९ करोड लगानीमा रहेको छ । २०७८ जेठ मसान्तसम्ममा ९६ हजार ८ सय ५२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १५० अर्ब ९६ करोड कर्जा बक्यौता रहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय