१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

खातीलाई महान्यायाधिवक्ता बनाएपछि काँग्रेसका वकिल नै रुष्ट !



प्रधानमन्त्री शेरबहादुर देउवाले खम्मबहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेपछि काँग्रेस निकट कानुन व्यवासायीहरु रुष्ट बनेका छन् ।

खातीलाई प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । वरिष्ठ वकिलहरू हुँदाहुँदै काँग्रेस सभापति समेत रहेका देउवाले जुनियर र सामान्य भन्दा सामान्य मुद्दाबाहेक अन्यमा बहस नै नगरेका खातीलाई सरकारको महान्यायाधिवक्ता जस्तो पदमा नियुक्ति गर्दा सरकारी मुद्दाहरु कमजोर बन्न सक्ने उनीहरुको चिन्ता छ ।

बरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, पूर्णमान शाक्य जस्ता काविल र अनुभवी अधिवक्ताहरूलाई छोडेर देउवाले खातीलाई रोजेका थिए ।

‘काँग्रेसमा एकसय एक वरिष्ट अधिवक्ता हुनुहुन्छ । तर उहाँहरु नभएजस्तो गरेर जुनियर खातीलाई नियुक्ति गरियो । यसले चर्को असन्तुष्टि पैदा भएको छ ’, काँग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डेमोक्रेटीक लयर्स एशोसियसन (डीएलए)का एक पदाधिकारीको भनाइ छ ।

ती वकिल भन्छन्, ‘खातीजी निवर्तमान महान्यायाधिवक्ता रमेश बडाल भन्दा पनि जुनियर हुन् । सर्वोच्च अदालतले समेत आफ्नो फैसलामा महान्यायाधिवक्ताको गरिमा राख्न सम्झाएका बेला देउवाजीको निर्णय परिपक्व देखिएन ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय